असार २,२०८३ / ०३ : १२ अपरान्ह / 2026-06-16 03:12 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालको संविधान, नक्कल भारतको परम्परा बेलायतको भएको संविधान विदहरुकोे टिप्पणी

      - ७ वर्ष अगाडि
      असोज ३,२०७५

      काठमाडाै‌ं, नेपालको संविधान २०७२ जारी भएको तीन वर्ष पुगेको छ ।

       सरकारले संविधान दिवस भव्य रुपमा मनाइरहँदा नेपालको संविधान भारतको नक्कल भएको र परम्परा चाहि बेलायतको संसदीय ब्यावस्थाको अनुसरण भएको संविधान विदहरुले टिप्पणी गरेका छन् । संविधानलाई धेरै राम्रो बनाउन खोज्दा सवै पद्धतीको मिश्रण गरिएकोले संविधानमै द्धन्द्धको बीउ रोपीएको विज्ञहरुले दावी गरेका हुन् । 

      पहिलो संविधान सभाले  संविधान बनाउन नसकेपछि दोश्रो संविधान सभाले निमार्ण गरेको संविधान  २०७२ असोज ३ गते जारी भएको थियो । नयाँ संविधान जारी भएको बुधवार तीन वर्ष पुगेको छ । नयाँ संविधान जारी भएपछि स्थानिय तह ,प्रदेश सभा तथा संघीय संसदको निवार्चन सम्पन्न भएका थिए ।

       यसबीचमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचन ,राष्ट्रिय सभाको निवार्चन सम्पन्न भएर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको छ । साथै संविधानलाई व्रिmयाशिल बनाउने १५ वटा मौलीक हक सम्बन्धित कानुन कार्यान्वयनमा आएका छन । सरकारले भब्य रुपमा संविधान दिवस टुडीखेलमा मनाएको छ । 

      सरकारले संविधान दिवस मनाईरहँदा तराइ केन्द्रीत दलले भने आफना माग संविधानमा नसमेटिएको भन्दै विरोध गरेका छन । उनीहरुले दिवसलाई कालो दिवसका रुपमा मनाउने भन्दै संविधान संशोधनको माग गरिरहेका छन् । नेपालको संविधान भारतको संविधानको नक्कल भएको र परम्परा चाहि बेलायतको संसदीय ब्यवस्था अनुसार भएकोले यसको कार्यान्वयन पक्ष फितलो भएको संवैधानिक कानुनका ब्याख्याता विश्वकान्त मैनालीको भनाइ छ । 

      नेपाल बार एशोशियशनका पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवतmा मैनालीको शब्दमा तत्कालिन अवस्थामा शतिmमा रहेका काँग्रेस, कम्युनिष्ट लगायत सात दलले आआफनो एजेन्डालाई संविधानमा भरपुर मात्रामा लिपिबद्ध गर्न खोज्दा संविधान निमार्ण कै अवस्थामा द्धन्द्धको बीउ रोपीएको हो । यो झाँगीने व्रmम जारी छ । 

      संविधानलाई अति सुन्दर बनाउन खोज्दा संविधान उट जस्तै भएको पनि तर्क गरिएको छ ।  यसकै परिणाम स्वरुप सरकारले तामझाम सहित भब्य रुपमा संविधान दिवस मनाई रहँदा पनि तराई केन्द्रीत दलले भने कालो दिनको रुपमा संविधान दिवस मनाएका छन । 

      नेपालको संविधानमा २०७२ संशोधन गर्नुपर्ने माग राख्दै मधेश केन्द्रीत दलहरुले लामो समयसम्म आन्दोलन गरिरहे । उनीहरुले राखेका संशोधन प्रस्ताव संविधान सभाको बहुमतले अस्वीकार गरेपछि संविधान घोषणा हुने दिन २०७२ असोज ३ गते नै उनीहरुले कालो दिनको रुपमा मनाएका थिए । यसलाइ उनीहरुले निरन्तरता दिइरहेका छन । सरकारमा रहेका र सरकारलाई समर्थन गरिरहेका मधेश केन्द्रीत दलहरुले संविधान दिवसका दिनलाई कालो दिनका रुपमा मनाउनुलाई अनुचित भएको प्रतिक्रिया आइरहेको छ ।

        सम्बन्धित समाचारहरु