असार २,२०८३ / ०३ : ३७ अपरान्ह / 2026-06-16 03:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुलुकको विकास र उन्नतीमा सरकार प्रतिवद्ध रहने : प्रधानमन्त्री ओली

      - ७ वर्ष अगाडि
      भाद्र ३१,२०७५

      काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र उन्नतीका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

      आईतबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्व विद्यालयसभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले विकासका चुनौती धेरै रहे पनि जनचाहना बमोजिम काम गर्ने सरकारको अठोट रहेको बताए । प्रधानमन्त्री ओलीले छोटो समयमै शिक्षाको क्षेत्रले मुलुकले ठूलो फड्को मारेको भन्दै अव कुनै पनि बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुनु नपर्ने पनि बताए । उनले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताए ।

      विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाका सम्बन्धमा छानबिन गर्न दुई समिति गठन गरेका छन् । विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानबिन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको हो ।  दुवै समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितिको प्रतिवेदन अध्ययन गरेर विश्वविद्यालयसभाको बैठक पुनः आयोजना गर्ने गरी स्थगन गरिएको छ ।

        सम्बन्धित समाचारहरु