काठमाण्डौ, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेविरुद्ध अरिंगालले जसरी झम्टिन कार्यकतालाई निर्देशन दिएका छन् ।
शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको चौंथो स्मृतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्नेविरुद्ध कार्यकर्तालाई सामूहिक प्रतिवाद गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध विपक्षीहरुले हमला गरेर जनतामा निराशा पैदा गर्न खोजेको आरोप समेत लगाए ।
नेकपाका अध्यक्ष ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुरी बढाउने प्रयास पार्टी भित्रैबाट भएको भन्दै आक्रोश समेत पोखे ।
कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताप्रति विश्वभरबाट विश्वास व्यक्त भइरहेको उल्लेख गरे । उनले सकारात्मक र रचनात्क ढंगले पार्टी एकतालाई निष्कर्षमा पु¥याउनु र जनअपेक्षाअनुसार काम गर्नु नेता बोगटीप्रति श्रद्धाञ्जली हुने बताए ।
हृदयाघात र मष्तिष्कघातका कारण तत्कालिन माओवादी नेता बोगटीको २०७१ भदौ ३० गते निधन भएको थियो ।








