असार २,२०८३ / ०३ : ३५ अपरान्ह / 2026-06-16 03:35 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कम्युनिस्ट सरकारबाट मात्रै रुपान्तरण सम्भव छ : प्रचण्ड

      - ७ वर्ष अगाडि
      भाद्र २९,२०७५

      भक्तपुर, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताएका छन् । 

      नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको २१ दिने विश्वको कम्युनिस्ट इतिहास र वर्तमान विषयको प्रशिक्षण कार्यक्रमको आज समापन कार्यक्रममा उनले देशको रुपान्तरण गर्न सरकार प्रतिवद्ध रहेको कुरा व्यक्त गरेका छन् । 

      विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको दशवर्षे जनयुद्ध, शान्ति पुनः स्थापना, पार्टी एकीकरण र दुई तिहाइको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको उनको भनाइ थियो । नेपालको कम्युनिस्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै उनले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाइ राखेका छन् । 

      अध्यक्ष प्रचण्डले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवं राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् । उनले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गरिने बताएका छन् । 

      गत भदौ ९ गतेदेखि शुरु भएको मदन भण्डारी एशियाली विद्यालयबाट विभिन्न १४ देशका ४९ जना विद्यार्थीले पहिलो ब्याजको अध्ययन आजबाट पूरा गरेका छन् । प्रशिक्षणमा सहभागीलाई प्रचण्डले शैक्षिक प्रमाणपत्रसमेत प्रदान गरेका थिए । अन्तर्रा्ष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको थियो । 

        सम्बन्धित समाचारहरु