असार २,२०८३ / ०३ : ३४ अपरान्ह / 2026-06-16 03:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नियोजित रुपमै सरकारविरुद्ध विकृतिजन्य घटना घटाईयो : नेकपा अध्यक्ष दाहाल

      - ७ वर्ष अगाडि
      भाद्र २९,२०७५

      काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नियोजित रुपमै सरकारका विरुद्ध सामाजिक विकृतिजन्य घटना आउन खोजेका हुन् कि भन्ने लागेको बताएका छन्  । 

      बिहीबार काठमाडौंमा लेखनाथ न्यौपानेद्धारा लिखित पुस्तक सघर्षको इतिहास बिमोचन गर्दे अध्यक्ष दाहालले समाजमा दिनदिनै विचलन देखिएको र विकृतिहरु अझ बढेको जस्तो देखिनु नियोजित हुन सक्ने संकेत गरेका हुन् । दाहालले पछिल्लो समय समाजमा घटेका घटनाले समाज नै विस्तारै निराशा र अराजकतातिर जान खोजेको त होईन भन्ने प्रश्न उव्जेको धारणा राखे । 

      समाजमा देखिएका घटना , राज्यले सरकारले नियन्त्रण गर्र्ने एउटा बिषय भएपनि यसले मात्र समाजमा सभ्यता आदर्श स्थापीत हुन नसक्ने उनले बताए । अध्यक्ष दाहालले समाजलाई निरन्तरतामा मात्रै चलाउन नहुने भन्दै आउने पुस्तालाई समेत आर्दश प्रति समर्पित जिवन जिउन प्रेरित गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा सहभागी दलका नेताहरुले बिगतको ईतिहासलाई सम्झेर मुलुकको बिकास र समृद्धिमा सबै एक भएर लागे ईतिहासमा भएका आन्दोलनको औचित्य सहि सावित हुने धारणा राखेका थिए । 

        सम्बन्धित समाचारहरु