असार २,२०८३ / ०२ : ०२ अपरान्ह / 2026-06-16 02:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेविसंघको महाधिवेशन मिति तोकियो, अधिवेशन तालिकासहित

      - ७ वर्ष अगाडि
      भाद्र २६,२०७५

      काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने भएको छ । संघको सोमबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै विधान पारित गर्न पार्टी कार्यालयमा दर्ता गराउने निर्णयसमेत गरेको छ ।

      गत शुक्रबार कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको बैठकले कात्तिकमा महाधिवेशन गर्न संघलाई निर्देशन दिएको थियो । संघमा आन्तरिक द्वन्द्व चर्किएपछि पार्टी सभापति शेरबहादुर देउवाले सहमहामन्त्री महतको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरी विवाद मिलाउन निर्देशन दिएका थिए ।

      संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेबीच विवाद चर्किएपछि पछिल्लो समय संघमा दुवै पक्षले समानान्तर गतिविधि गरिरहेका थिए । पार्टी नेतृत्वको सक्रियतपछि संघको महाधिवेशन हुन लागेको हो । गत शनिबार सुरु भएको संघको बैठक सोमबार सकिँदा विधानसमेत बनेको छ ।

      संघका केन्द्रीय सदस्य सुशील भट्टले दिउको जानकारी अनुसार विधान मंगलबार पार्टी कार्यालयमा दर्ता गरिनेछ । भदौ २८ गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संघको विधान पारित गर्ने उनले बताए ।

      संघले महाधिवेशनका लागि तल्लो तहदेखि केन्द्रीय अधिवेशनको कार्यतालिका बनाएको छ भने महाधिवेशन तयारीका लागि आवश्यक समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।

      यस्तो छ अधिवेशन तालिका :

      असोज ७ देशैभरका माबी र क्याम्पस अधिवेशन ।

      असोज १२ गाउँपालिका, उप–महारनगरपालिका अधिबेशन

      असोज १५ मा प्रदेश क्षेत्र अधिवेशन

      असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिबेशन

      असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन

      कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन ।

      कात्तिक १६ गते महाधिवेशन उद्घाटन ।

      बैठकले उमेरको ३२ वर्षको लाग्ने भनिएको हदबन्दी हटाएको पनि भट्टले जानकारी दिए । तर नेपाली काग्रेस केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ ।

        सम्बन्धित समाचारहरु