असार २,२०८३ / ०२ : ०५ अपरान्ह / 2026-06-16 02:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जनआन्दोलनको पीडा : कोही अशक्त कोही जीवन मरण

      - ७ वर्ष अगाडि
      भाद्र २४,२०७५

      काठमाण्डौ, मुलुकलाई गणतन्त्रमा ल्याउन थुपै वीर योद्धले रगत बगाए । दुई दर्जन युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यान दिए । केही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए । कोही जीवन–मरणकै संघर्षमा छन् । गणतन्त्र आएपछि लाभको पदमा बसेकाले नै गणतन्त्र ल्याउन रगत बगाएका जनआन्दोलनका घाईतेको वेवास्ता गर्दा उनीहरु समस्यामा छन् । 

      जनआन्दोलनका घाईते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको १३ वर्ष बितिसक्यो । बनेपा नगरपालिका–१६ का मुकेश जीवन–मरणसँग जुधिरहेका होनाहार पात्र हुन जनआन्दोलन–२ का । मुकेशका घरमा उनका बाबुआमा छन् तर उनीहरुसँग खुसी छैन । एकोहोरो हेरेर बस्ने छोरालाई आफूले पनि एकोहोरो हेरेर बस्नुबाहेक परिवारसँग विकल्प छैन । मुकेशजस्ता दुई दर्जन युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यान दिए । केही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए । कोही जीवन–मरणकै संघर्षमा छन् ।

      जनआन्दोलनका घाईतेको पीडा जनआन्दोलनपछि लाभको पदमा बस्ने हरुले कहिल्यै बुझेनन् ।  गणतन्त्रपछिको कुनै पनि सरकारले नबुझेकाले घाईतेहरुको जीबन कष्टकर छ । पहिले पहिलो प्रधानमन्त्री, मन्त्रीहरु झन्डा फहराउँदै घाईतेहरुलाई भेटन जान्थे  तर अहिले कसैले वास्था गर्दैन , घाईतेको माग पुरा हुनुको त कुरै छाडौ । सहिदको परिवार तथा घाईतेलाई राज्यले अहिलेसम्म उचित ब्यवस्थापन गर्न नसकेको भन्दै दिर्घकालिन उचित ब्यवस्थापन गर्नुपर्ने घाईतेहरुको जोड छ ।

      मुलुककमा गणतन्त्र स्थापना भएपनि देशको लागि लडेका सहिद परिवार र घाईतेको विचल्ली हुँदा उनीहरुले खिन्न छन् । राज्यले प्रगति गरेपति आफुहरुप्रतिको राज्यको वेवास्थाले दुखी रहेको घाईतेहरु बताउछन् ।

      जनआन्दोलका घाईतेको मुख्य पीडा भनेको जनआन्दोलन दवाउनेमाथी कारवाही नहुनु हो । जनआन्दोलन दवाउनकै लागी आफुहरुमाथी गोली वर्षानेलाई कारवाही हुनुपर्ने घाईतेहरुको माग छ । तर तत्कालिन समयमा सरकारले जनआन्दोलन दवाउनेमाथी कारवाही गर्न भन्दै उच्चस्तरय छानविन आयोग गठन गरेपनि कारवाही हुन सकेको छैन ।

      लोकतन्त्रीक गणतन्त्र प्राप्तीको जनआन्दोलन २०६२/०६३ मा घाईते भएका उनीहरुले आफुहरुले पीडा पाएपनि देश स्थिरतातर्फ अघि बढेकोमा चित्त बुझाएका छन् । निकै संघर्षपछि स्थितरताको अनुभुति गर्न पाएको उनीहरु बताउछन् । सहिदको सपना साकार पार्नु र घाईतेको सम्मान गर्नु भनेकै स्वतन्त्र र समृद्धि मुलुकको रुपमा देशलाई अघि बढाउनु हो । आफ्नो ज्यान बाजी राखेर देशको लागि लडनेहरु वीर योद्धाहरु राज्यका सबैभन्दा सम्मानित ब्यक्तिहरु हुन । यसर्थ राज्यले जनआन्दोलनका घाईतेका समस्यालाई गम्भिरतापूर्वक लिदै उनीहरुको समस्या समाधानमा गरोस् ।

        सम्बन्धित समाचारहरु