असार २,२०८३ / ०२ : ०२ अपरान्ह / 2026-06-16 02:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रचण्डको दिल्ली दौडको भित्रि रहस्य

      - ७ वर्ष अगाडि
      भाद्र २२,२०७५

       काठमाण्डौ,  भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आजदेखि भेटवार्ता शुरु गरेका छन् । 

      चारदिने भ्रमणका लागि हिजो भारत प्रस्थान गर्दा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर कुराकानी गर्ने दाहालले बताएका थिए । 

      तर उनको भ्रमणको लक्ष्य व्यक्तिगत रणनीति तय गर्नु पनि हो । दाहालले आज शुक्रबारबाट राजनीतिक भेटघाट थालेका छन् । उनको शनिबार १२ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

      आफ्नो भ्रमण राजनीतिक नभएको दाहालले दावी गरे पनि आफू प्रधानमन्त्री बन्नका लागि दौडधुप सुरु गरेको कतिपयको विश्लेषण छ । मोदीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका दाहालले राजनीतिका भेटघाटलाई प्राथमिकतामा राखेका छन् ।

      भारतमा मोदी फेरी पनि प्रधानमन्त्री बन्ने सम्भावना भएकाले दाहालले मोदीलाई प्राथमिकतामा राखेका हुन् । आफु प्रधानमन्त्री बन्दासम्म मोदी पनि भारतको प्रधानमन्त्री भइरहने अनुमान दाहालले गरेका छन् ।

      शुरु गरेका छन् । 

        सम्बन्धित समाचारहरु