असार २,२०८३ / ०२ : ०४ अपरान्ह / 2026-06-16 02:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रचण्ड ३ बजे भारत जाने, ३ दिन राजनीतिक भेटमा व्यस्त रहने

      - ७ वर्ष अगाडि
      भाद्र २१,२०७५

      काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दिउँसो भारत भ्रमणमा जाँदै छन् ।

       ६ दिन लामो भ्रमणमा जान भनिएको भए पनि पार्टीको सचिवालय र स्थायी कमिटीको बैठक भएकाले भारत भ्रमण तीन दिनमा छोट्याइको छ । २४ र २५ गते पार्टीको सचिवालय बैठक र २६ र २७ गते स्थायी कमिटीको बैठक बस्दैछ । त्ययसका लागि प्रचण्डले भारत भ्रमण छोट्याएर तिन दिनमै फर्किने भएका छन् । 

      सचिवालय बैठकले पार्टी कमिटी र जनवर्गीय स‌गठनको एकता नेतृत्व टुङ्याउने अपेक्षा राखिएको छ । प्रचण्डले भारत भ्रमणको दोस्रो र तेस्रो दिन भारतीय विदेशमन्त्री सुषमा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । यसैअवसरमा उनले आर्इसिडब्लुएले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्ने भएका छन् । 

      पार्टीको सचिवालय र स्थायी कमिटीको बैठकपछि भदौ ३० गते चीन भ्रमणमा जाने तयारीमा लाग्ने छन् ।

        सम्बन्धित समाचारहरु