असार २,२०८३ / ०२ : ०४ अपरान्ह / 2026-06-16 02:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेसका सांसद सिंहले मागे प्रधानमन्त्री ओलीको राजीनामा

      - ७ वर्ष अगाडि
      भाद्र २०,२०७५

      काठमाडौं, नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । 

      सरकार संविधानको उलंघन गर्दै स्वइच्छाचारी ढंगले चलेको भन्दै नेता सिंहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वंयम संविधान उलंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताए ।

       संविधानले नेपाली नागरिकलाई  विनारोकतोक हिडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उलंघन गर्दे सरकारले पुर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको उनको भनाइ थियो । सरकार स्वइच्छाचारी  र निरंकुश बन्दै गईरहेको भन्दै उनले सरकारलाई निरंकुशता तर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उहाँले कानुन अनुसार चल्न सरकारलाई चेतावनी दिए । 

      बुधबारकै बैठकमा बोलेका नेकपाका सांसद महेश बस्नेतले अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गरे । शंकास्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचार प्रशार गर्ने गरिएको भन्दै उनले आपत्ती जनाए । 

        सम्बन्धित समाचारहरु