असार २,२०८३ / ०२ : ०६ अपरान्ह / 2026-06-16 02:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      माग पूरा नभए आन्दोलन गर्ने पूर्व लडाकुको चेतावनी

      - ७ वर्ष अगाडि
      भाद्र १७,२०७५

      काठमाण्डौ, बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

      आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे समितिले स्वेच्छिक अवकाश लिएका पूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने अथवा सो आर्थिक प्याकेज बराबर दिर्घकालिन व्यवस्थापनको व्यवगस्था गर्न माग गरेका छन् । उनीहरुले माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बहिर्गमित जनमुक्ति सेनालाई लगाएको अयोग्य विल्ला तुरुन्तै खारेजको साथै औपचारिक कार्यक्रम गरि सम्मानयुक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गरिनुपर्ने पनि समितिले माग अघि सारेको छ । 

      आफूहरुको संगठनको नाममा डलरको खेती गर्ने जोकोहीलाई कालोमोसो दलेर सामाजिक बहिष्कार गर्ने पनि समितिले चेतावनी दिएको छ । समितिले बृहत शान्ति सम्झौताको मर्मविपरित मानव अधिकारवादीहरुले आफूहरुको नाममा डलरको खेती गरेको भन्दै जनकारबाही गर्ने चेतावनी पनि दिएको छ ।

        सम्बन्धित समाचारहरु