असार २,२०८३ / ०२ : ०५ अपरान्ह / 2026-06-16 02:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रेस स्वतन्त्रता सम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग : मिनेन्द्र रिजाल

      - ७ वर्ष अगाडि
      भाद्र १७,२०७५

      काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

      पूर्व सूचना तथा संचार मन्त्रीसमेत रहेका रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्  । भदौ १ गतेबाट लागू गरिएको नयाँ मुलुकी ऐनका कतिपय प्रावधानमा असहमति जनाउँदै संशोधन गर्न नेपाल पत्रकार महासंघले सरकारलाई दवाव दिईरहेका बेला काँग्रेस नेता रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन छुट्टै कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्  । 

      आईतबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन संचारकर्मीहरु पनि सचेत हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । 

      कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले नयाँ मुलुक ऐन संशोधन गरेर भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले नयाँ मुलुकी ऐनमा संशोधन गर्नुपर्ने विषयबस्तुको ड्राफ्ट तयार पारेर सरकारलाई बुझाउन पनि नेपाल पत्रकार महासंघसँग आग्रह गरे ।  

      नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान पनि समेटिएको दावी गर्दै संशोधन गर्न सरकारलाई दवाव दिँदै आएको छ ।

        सम्बन्धित समाचारहरु