असार २,२०८३ / ०२ : ०६ अपरान्ह / 2026-06-16 02:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको भातृ संगठनको एकतामा विवाद, स्थायी कमिटी बैठक फेरि सर्यो

      - ७ वर्ष अगाडि
      भाद्र १७,२०७५

      काठमाडौँ, पार्टीको संगठनात्मक काम र सरकारको समीक्षा लगायतका विषयमा छलफल गर्न बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि सरेको छ । 

      नेकपाले पार्टीका तल्ला कमिटी तथा जनसंगठनको एकीकरणका काम टुंगो लगाउन भदौ ८ र ९ मा स्थायी समिति बैठक बोलाएको थियो । तर केही जनसंगठन र प्रदेश कार्यादलले प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइ नसकेको, बुझाएका प्रतिवेदन पनि विवादरहित नभएपछि बैठक १९ र २० गतेका लागि सारिएको थियो । 

      तर, बैठक सार्दा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई कारण देखाइएको थियो । शीर्ष नेताहरुको विदेश भ्रमणका कारण पछिल्लो पटक वैठक सारिएको छ । नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार बैठक अव भदौ २६ र २७ मा बस्ने छ । हाल वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् । यसबाहेक यसै साता पार्टी अध्यक्ष प्रचण्ड भारत जाँदैछन् ।

       एक साता लामो भारत भ्रमण सकेर फर्केपछि असोज असोज १ मा प्रचण्ड चीन भ्रमणमा जाने छन् । नेकपाले तीन महिनाभित्र पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंग्याउने बताएको थियो । तर, तल्ला तहको एकताका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएपनि त्यसमा सहमति जुटेको छैन् । 

        सम्बन्धित समाचारहरु