असार २,२०८३ / ०२ : ०६ अपरान्ह / 2026-06-16 02:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रचण्ड सार्वजनिक भएको ठाउँ कास्कीको सिक्लेशमा शान्ति स्तम्भ बनाइने

      - ७ वर्ष अगाडि
      भाद्र १६,२०७५

      काठमाण्डौ, तत्कालिन एनेकपा माओवादिका अध्यक्ष पुष्पकमल दहाल पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । 

      पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गर्न लागिएको हो । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६२ जेठमा मादी गाउँपालिका–१ सिक्लेसबाट पुष्पकमल दहाललाई हेलिकप्टरमा राखेर काठमाडौँ ल्याएका थिए । 

      विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका दहाल एक प्रमुख नेता हुन । करीब ४०० घरधुरी रहेको गाउँपालिकाले आर्थिक वर्ष २०७५–७६ को बजेटमा शान्ति स्तम्भ निर्माणका लागि रु १० लाख छुट्याइसकेको छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने सिक्लेस स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको छ । 

      सिक्लेस देखी हिमालको फेदी सम्म केबुलकार सन्चालन गर्ने कुरा पनि गाउपालिकाले अगाडि सारेको छ र केबुलकार सम्भब भएको पनि प्राबिधिक टोलिले जानकारी गराइसकेको छ ।

        सम्बन्धित समाचारहरु