जेष्ठ ३१,२०८३ / ०७ : ०० पूर्वान्ह / 2026-06-14 07:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      राज्यको कुनै पनि अंग समावेशी हुन सकेन : महन्थ ठाकुर

      - ७ वर्ष अगाडि
      भाद्र १६,२०७५

      काठमाण्डौ, राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले राज्यको कुनै पनि अंग समावेशी हुन नसकेको बताएका छन् । 

      मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा ठाकुरले राज्यले हरेक अंगमा समावेशी गर्ने भनेपनि त्यसो हुन नसकेको बताएका हुन् । उनले मुलुक बहुसास्कृतिक , बहुभाषिय राज्य भएपनि जनताले त्यसको अनुभूति गर्न नसकेको गुनासो गरेका छन् । सबै भाषा सस्कृति र जातजातीले समाधान अधिकार पाउनुपर्नेमा ठाकुरले जोड दिए । 

      मुलुक संघियतामा गएपछि पनि भाषिक र सास्कृतिक भेदभाव नरोकिएको उनको भनाइ छ । आफ्नो भाषा संस्कृतिको रक्षा गर्दे अधिकार प्राप्तीका लागी लडाई जारी राख्नुपर्नेमा पनि ठाकुरले जोड दिए । 

      त्यस्तै संयोजक ठाकुरले मिथिला संस्कृतिलाई जोगाईराख्नका लागी सबै गम्भीर भएर लाग्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरुले आफ्नो सस्कृति, भाषालाई बिदेशी सस्कृतिले बिस्थापीत गर्नबाट रोक्नुपर्ने धारणा राखेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d