असार २,२०८३ / ०२ : ०६ अपरान्ह / 2026-06-16 02:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् : डा. महत

      - ७ वर्ष अगाडि
      भाद्र १६,२०७५

      काठमाण्डौ, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । 

      रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उहाले  काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन नसकेको बताए ।  विम्स्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाईदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको महतको तर्क थियो । 

      नेपालले विम्स्टेक राष्ट्रहरुसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिदै ग्रिड कनेक्टिभिटीमा सम्झौता भएपनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको गुनासो गरे । ग्रिड कनेक्टिभिटी सम्झौता कार्यान्वनय हुने हो भने नेपालमा विद्युत उत्पादन गरेर अरु देशमा बेच्न सकिने भएकाले यसका लागि नेपाललेनै प्रभावकारी भूमिका खेल्नुपर्ने महतले बताए । विम्स्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाई छ । 

      नेपालमा रेल ल्याउने योजना राम्रो भएपनि यसका लागि नेपालसँग पुँजी नभएको भन्दै उनले भारत वा चीन जहाँबाट रेलमार्ग बनाएपनि त्यही देशले बनाइदिनुपर्ने बताए ।

        सम्बन्धित समाचारहरु