असार २,२०८३ / ०२ : ०५ अपरान्ह / 2026-06-16 02:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      हिन्दूराष्ट्र अपरिहार्य छ : अध्यक्ष थापा

      - ७ वर्ष अगाडि
      भाद्र १४,२०७५

      विराटनगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताएका छन् । 

      प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा आज शुभारम्भ गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताले व्यक्तिगत स्वार्थ्सिद्ध गर्न रातारात हिन्दूराष्ट्र हटाएर धर्म निरपेक्ष बनाएको आरोप लगाए । 

      हिन्दूराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएको उल्लेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट शुरु भएको हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश र जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताए । उहाँले राप्रपाकै नेतृत्वमा आन्दोलनले सफलता प्राप्त गरी हिन्दूराष्ट्र पुनःस्थापना गराइ छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

      पार्टीका सङ्गठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले सदियौँदेखि नेपालको पहिचानका रुपमा रहेको हिन्दूराष्ट्र पुनःस्थापना गर्न पार्टीले शुरु गरेको आन्दोलनलाई साथ दिन सबैमा आग्रह गरे ।

        सम्बन्धित समाचारहरु