असार २,२०८३ / ०२ : ०२ अपरान्ह / 2026-06-16 02:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको स्वागतमा राष्ट्रपति कार्यालयमा दिवाभोज

      - ७ वर्ष अगाडि
      भाद्र १४,२०७५

      काठमाडौं, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

      उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे। आजै सुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले विशिष्ट पाहुनाहरूको सम्मानमा दिवा भोजको आयोजना गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरू सो कार्यक्रममा सहभागी हुनेछन्।

      बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन्। सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चासहित उनीहरूको देशका विदेशमन्त्रीहरू र उच्च अधिकारी काठमाडौंमा छन् ।

       बिम्स्टेक शिखर सम्मेलन बिहीबार दिउसो साढे ३ बजे उद्घाटन हुँदैछ। अध्यक्ष राष्ट्रको हैसियतमा शिखर सम्मेलन आयोजक प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्‍घाटन गर्नेछन्।

        सम्बन्धित समाचारहरु