जेष्ठ ३१,२०८३ / ०७ : ०६ पूर्वान्ह / 2026-06-14 07:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      सार्कको विकल्पमा विमस्टेक : यस्तो छ बहस

      - ७ वर्ष अगाडि
      भाद्र १३,२०७५

      काठमाण्डौ,  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगालको खाडीको प्रयास विमष्टेकको चौथो शिखर सम्मेलन विहिवारदेखि नेपालमा हँदै छ । सम्मेलनलाई भारतले निकै महत्व दिइरहेको छ । भारतले आफ्नो चाहाना अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई अगाडी बढाउन नसकेपछि विकल्पका रुपमा विम्स्टेकलाई प्रयोग गर्ने चाहाना राखेको कतिपयको विश्लेषण छ ।

      दक्षिण एशियाली देशहरुबिच सामाजिक प्रगति तथा आपसी सहयोग, सांस्कृतिक विकासमा तिव्रता दिने उद्देश्यसहित सार्क स्थापना भएको झण्डै ३३ वर्ष भएको छ । एउटै प्रकृतिको देखिन तर फरक अर्को संगठन विमस्टेकको स्थापना भएको दुई दशक भएको छ । आजको दिनसम्म हेर्ने हो भने यि दुवै संगठनको प्रभावकारिता जति हुनुपर्ने हो त्यति देखिएको छैन । सार्क र विमस्टेकमा आवद्ध भएको भारतले दुवै संगठनमा आफ्नो प्रभाव बलियो बनाएको छ । सार्कमा भारतसँग राम्रो सम्बन्ध नभएको पाकिस्तान पनि छ । 

      यता विमस्टेकमा भने पाकिस्तान छैन । त्यसैले भारतले सार्कलाईभन्दा बढि विमस्टेकलाई प्रयोग गर्ने चाहना राख्दै आएको छ । भारतले आफ्नो अनुकूल सार्क नचलेपछि खासै महत्व दिएको छैन । सार्कमा उसको लागि सवैभन्दा ठुलो टाउको दुखाइको विषय पाकिस्तान नै हो । सार्कमा भारत र पाकिस्तान दुवै भएका कारण नै सार्क सम्मलेनसमेत समयमा हुन नसकेको इतिहास छ । 

      यस्तो अवस्थामा विमस्टेकलाई प्रभावकारी बनाउँदै जाने हो भने भारतका लागि सार्कभन्दा लाभदायी विमस्टेक स्वतः बन्नेछ । त्यसैले पनि भारतले सार्कको विकल्पका रुपमा विमेष्टेकलाई उपयोग गर्ने नीति तय गरेको हुनसक्ने कुटनीतिज्ञहरुको भनाई छ । यो क्षेत्रका राष्ट्रहरुले कुनै न कुनै रुपमा भारतको प्रभाव झेली रहेका छन । विम्स्टेकलाई पनि आफनो अनुकुल पार्ने तथा प्रभावमा राख्ने भारतको चाहाना कसैमाझ लुकेको छैन । 

      विम्स्टेकको चौथो शिखर सम्मेलन पनि दुइ वर्ष अगाडी नै नेपालमा हुनु पर्ने थियो । तर भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दी लगाएतका कारणले अध्यक्ष राष्ट्र नेपालले तदरुकता नदेखाएका कारण समय दुई वर्षपछि सरेको हो । 

      यो सम्मेलनमा पनि क्षेत्रीय स्तरमा भारतीय स्वार्थ पुर्तिमा सहयोगी बनाउने प्रयास भारतले गर्ने छ । भारतको सार्कप्रतिको उदासिनता र विमस्टेकप्रतिको लगावले यही देखाउछ । नेपाल अध्यक्ष रहेको सार्कलाई विम्स्टेकद्धारा विस्थापीत गर्ने भारतीय चाहाना हुनसक्ने राजनीतिक विष्लेषक पुरन्जन आचार्यको भनाई छ । 

      प्रधानमन्त्री केपी ओलीले समेत सार्कको विकल्पका रुपमा विमस्टेकलाई हेर्न थालिएको भन्ने चर्चा चलेपछि संसदमा नै मुख खोेलेका थिए । ओलीले सार्क र विमस्टेकको आ–आफ्नै महत्व भएकाले कुनै एक संगठनको विकल्प अर्को हुन नसक्ने बताएका थिए । 

      परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि दुवै संगठनको महत्व फरक फरक भएकाले विकल्पको चर्चा सान्दर्भिक नभएको बताएका छन् । 

      तर्क र चर्चा जे भए पनि तत्काल दुवै संगठनको विकल्पबारे औपचारिक रुपमा भने कसैले मुख खोल्न सक्ने अवस्था छैन ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d