काठमाडौं , प्रदेश नंम्बर. ५ को प्रदेश मन्त्रिपरिषद् बैठकले मातहतका कार्यालयको टुङगो लगाएको छ ।
प्रदेश सरकार अन्र्तगत माताहातमा ७ निर्देशनालय रहने भएका छन् । संघीय सरकारले पठाएको कर्मचारी दरबन्दी र सांगठानिक ढाँचालाई प्रदेश सरकारले परिमार्जन गरेको छ । संघीय सरकारले २७ सय १४ दरबन्दी पठाएकोमा मन्त्रिपरिष्द् बैठकले थप कर्मचारीको आवश्यकता रहेको भन्दै ३१ सय ५७ कर्मचारी दरबन्दी व्यवस्था गर्न संघीय सरकारसंँग माग गरेको छ ।
कृषि, सामाजिक र पर्यटन मन्त्रालय अन्तर्गत दुई÷दुई तथा भौतिक पुर्वधार विकास मन्त्रालय अन्तर्गत एक निर्देशनालय रहने भएका छन् ।भौतिक तर्फ पुर्वधार विकास निर्देशनालये कृषि मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रहने छन् ।
भौतिक पुर्वधार विकास निर्देशनालय अन्तर्गत ४ डिभिजन कार्यालय रहने भएका छन । बैठकले योजना आयोगको सदस्यमा पुष्पा भुसाललाई नियुक्त गरेको भने नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ स्वीकृत गरी मुख्यमन्त्री कार्यालय माताहतको आर्थिक समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।








