जेष्ठ ३१,२०८३ / ०७ : ०१ पूर्वान्ह / 2026-06-14 07:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      ओली–मोदी द्विपक्षीय वार्ता १५ भदौमा,

      - ७ वर्ष अगाडि
      भाद्र १२,२०७५

      काठमाडौं, प्रधानमन्त्री केपी ओलीले बिमस्टेक सम्मेलनमा भाग लिने आउने भारतीय समकक्षी नरेन्द्र मोदीसँग १५ भदौमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ । वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

      प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पाँच वर्षमा रेलवे लाइन निर्माण सम्पन्न गर्ने र सम्पूर्ण लगानी भारतले गर्ने सहमति भएको थियो । मोदीको नेपाल भ्रमणका वेला यसबारे छलफल भए पनि समझदारीपत्रमा हस्ताक्षर भएको थिएन । ‘यसपटक सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

      उनका अनुसार भारतबाट रक्सौलसम्म बल्क कार्गोसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ । मोदीले भारतका तर्फबाट निर्मित पशुपतिनाथ धर्मशाला हस्तान्तरण गर्नेछन् । श्रीलंकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले १६ भदौमा औपचारिक वार्ता गर्ने कार्यक्रम छ । ‘श्रीलंकाको एक थिंकट्यांक र नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ,’ ज्ञवालीले भने । नयाँपत्रिकाबाट

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d