असार २,२०८३ / ०२ : ०२ अपरान्ह / 2026-06-16 02:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      गाइजात्रामा हास्यव्यङ्ग्य कलाकारहरुले केके भने ?

      - ७ वर्ष अगाडि
      भाद्र ११,२०७५

      काठमाण्डौ,  कलाकारहरुले गाइजात्रा पर्वको अवसरमा देशमा भइरहेको बेथितीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । गाइजात्राको अवसरमा हास्यव्यङ्ग्य कलाकारहरुले सरकार, राजनीतिक दल र नेताहरुलाई कटाक्षसमेत गरे । उनीहरुले पछिल्लो समय गाईजात्राको महत्व घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

      रिपोर्टर्स क्लब नेपालले गाईजात्राको अवसरमा काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा वेथीति बिरुद्ध कलाकारहरुले व्यँङ्य प्रस्तुत गरेका हुन । लोकप्रिय हास्यव्यँग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरु सत्ता, शक्ति र सम्पत्तिको लागि मरिमेट्ने गरेको आरोप लगाए । 

      उनले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प लगायत व्यक्ति र राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरेका थिए । साक्षात्कारमा हास्य कलाकार दीपकराज गिरीले पाँच वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको टिप्पणी गरे । 

      कलाकारहरुले गाईजात्रा देखाउने एउटा गतिलो हलसम्म नभएको भन्दै दुःख व्यक्त गरे । अर्का लोकप्रिय हाँस्य व्यङ्य कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताए । त्यस्तै हाँस्य कलाकार दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाए । 

      यसैगरि कार्यक्रममा हाँस्य कलाकार श्री कृष्ण सिम्खडाले करको दर बढेको विषयलाई व्यङ्ग्य गर्दै सरकारले जनतालाई राहतको रुपमा कर लादेको बताएका थिए । कलाकारहरुले गाइजात्राको अवसरमा यसको महत्व र पछिल्लो समय जात्रा मनाउने शैलीमा आएको परिवर्तनबारे बहस गरेका थिए । 

      गाईजात्रा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मानिन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ ।

        सम्बन्धित समाचारहरु