काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै नेता थापाले यस्तो बताएका हुन । सोमबार काठमाडौंमा आयोजित सरोकारवालाहरुसँगको सामूहिक छलफलमा नेता थापाले थुप्रै कुरा छुटने भएकाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन । बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा नगर्न समेत थापाले सरकारलाई सुझाए ।
सार्वजनिक शिक्षालाई बलियो बनाएर मात्रै सबै नागरिकलाई निःशुल्क शिक्षा दिने व्यवस्थालाई कार्यान्व्यन गर्न सकिने नेता थापाको तर्क छ ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले शिक्षालाई संवैधानिक व्यवस्था अनुसार मौलिक हकको रुपमा स्थापित गराउन व्यापक छलफलको आवश्यक्ता पनि औंल्याएका छन ।








