जेष्ठ ३१,२०८३ / ०६ : २८ पूर्वान्ह / 2026-06-14 06:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      देवानी र अपराध संहिता सच्याउनुपर्छ : डा. भट्टराई

      - ७ वर्ष अगाडि
      भाद्र १०,२०७५

      काठमाण्डौ, नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले भदौ १ गतेबाट लागू भएको देवानी र अपराध संहितालाई युगको आवश्यकताअनुसार सच्याउने आँट गर्नुपर्ने बताएका छन्

      आईतबारको प्रतिनिधीसभा बैठकमा बोल्दै उनले देवानी र अपराध संहितामा गम्भीर कमी–कमजोरी रहेकाले संशोधन गर्नुपर्ने बताएका हुन् । नागरिकता विधेयकमा महिलामाथि विभेद गरिएको प्रति आपत्ति जनाउँदै त्यसलाई संशोधन गरिनुपर्नेमा भट्टराईले जोड दिए ।

      डाक्टर भट्टराईले दलित शब्दलाई परिवर्तन गर्नुपर्ने र कुनैपनि जनावरलाई नेपालको राष्ट्रिय जनावर बनाउनु नहुने पनि बताएका छन् । त्यस्तै उनले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि जनाए ।

      अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको गन्ध आएको उनको तर्क थियो ।

      त्यस्तै भट्टराईले विप्लव नेतृत्वको नेकपाललाई राजनीतिक व्यवहार गर्नुपर्नेमा जोड दिए । महिलाको अधिकार सुनिश्चितता नै लोकतन्त्रको मापक भएको भन्दै भट्टराईले मुलुकमा भइरहेका हिंसाका घटनाहरुको निन्दा पनि गरे । उनले ऐन–कानुन बनाउँदा नै दोषीलाई उन्मुक्ति दिने प्रकारको ऐन–कानुन निर्माण गरिन नहुनेमा जोड दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d