जेष्ठ ३१,२०८३ / ०६ : २५ पूर्वान्ह / 2026-06-14 06:25 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छ : देउवा

      - ७ वर्ष अगाडि
      भाद्र १०,२०७५

      काठमाण्डौ,प्रतिनिधिसभा को आईतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन्  । 

      आजको बैठकमा विशेष समय लिएर नेता देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गरेका थिए । 

      “बालिकामाथि हुने गरेको बलात्कारको शृङ्खलामा सरकारले दोषी पत्ता नलगाउँदा असन्तुष्टि बढेको छ, प्रधानमन्त्रीले कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ, यस्ता घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ”, अर्काे प्रसङ्गमा उनले भने । 

      सरकारले संविधानको धारा २५० बमोजिम प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा करका विषयमा समस्या आएकाले शीघ्र गठन गर्न नेता देउवाले सरकारको ध्यानाकर्षण गराएका थिए  । उखु किसानले मूल्य नपाएको र किसानले समयमा मल नपाएकाले उचित व्यवस्था मिलाउन पनि नेता देउवाले ध्यानाकर्षण गराएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d