जेष्ठ ३१,२०८३ / ०६ : ३५ पूर्वान्ह / 2026-06-14 06:35 am
      • param ad
      • furniture
      • veera Incorporation

      निर्मलालाई न्याय देउ भन्दै नेविसंघको प्रदर्शन, प्रधानमन्त्री ओलीको पुत्ला दहन

      - ७ वर्ष अगाडि
      भाद्र ९,२०७५

      काठमाण्डौ । नेपाल विद्यार्थी संघले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन गरेको छ ।

      महिला तथा बालबालिका माथि भएको हिंसाको विरोध गर्दै प्रर्दशन गरिएको केन्द्रीय सदस्य शुशील भट्टले जानकारी गराए । राजधानीमा भएको विरोध प्रर्दशनमा दोषीलाई उन्मुक्ति दिने सरकारको नियत रहेको नेविसंघले आरोप लगाएको थियो ।

      सरकारले दुई तिहाईको दम्भमा निहत्था नागरिक माथि गोली चलाएको भन्दै सरकारको विरोध गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले दिएको अभिव्यक्तिप्रति पनि नेविसंघले आपत्ती जनाएको थियो ।

      नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा शुक्रबार कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चलाएर प्रहरीले एक जनाको हत्या गरेको भन्दै आक्रोश व्यक्त गरिएको थियो ।

      नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले न्याय माग्ने जनतामाथि केपी ओली सरकारले गोली हान्ने आदेश दिनु निन्दनीय भएको बताए । सो क्रममा नेविसंघका कार्यकर्ताले ओलीको पुतलासमेत दहन गरेका थिए ।

      प्रदर्शनमा विद्यार्थी नेता बलदेव तिमल्सिना, दीपक भट्टराई, निरन्जन थापा, बिपिन अधिकारी, जानुका पन्थ, डुजाङ सेर्पा, निमा गीरी लगायतको समेत उपस्थिति रहेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d