काठमाडौं, नेपाली कांग्रेसको महासमिति बैठक मंसिर ५ देखि ९ सम्म बस्ने भएको छ।
शनिबार पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले मिति तय गर्दै बैठक काठमाडौंमै बस्ने भएको छ। सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उपसभापति विमलेन्द्र निधिले सो मिति प्रस्ताव गरेको हो । बैठकको मूल तयारी समितिको संयोजक सभापति देउवालाई तोकिएको छ।
गत चैत र बैशाखमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले भदौ मसान्त भित्रैमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो।








