जेष्ठ ३१,२०८३ / ०६ : २८ पूर्वान्ह / 2026-06-14 06:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      दिगो विकास तथा सुशासन समितिको कार्यविधी पारित

      - ७ वर्ष अगाडि
      भाद्र ९,२०७५

      काठमाण्डौ, राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको कार्यविधी पारित भएको छ ।

      सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले १७ बुदे कार्यविधी पारित गरेको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए । बैठक सञ्चालनका लागि बनाईएको कार्यविधी, समिति सदस्यहरुको सुझाव सहित पारित भएको शर्माले जानकारी दिए । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४७ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरि समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिम्मेवारी सुव्यवस्थीत ढंगले सञ्चालन गर्न कार्यबिधी बनाईएको हो । 

      कार्यविधीमा केहि समस्या देखिए पुन समितिमा छलफल गराईने छ । उनले समितिको कामकारवाहीलाई प्रभावकारी बनाउन समिति सदस्यहरुको भूमिका अपरिहार्य हुने भएकाले जिम्मेवारपूर्वक अघि बढ्न आग्रह गरेका थिए । 

      समितिको अर्को बैठक सभापति चयनपछि बस्ने छ । राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुको निर्वाचन १३ गतेका लागि तोकिएको छ 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d