जेष्ठ ३१,२०८३ / ०६ : ३३ पूर्वान्ह / 2026-06-14 06:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      महासमिति बैठकको तयारीमा काङ्गे्रस

      - ७ वर्ष अगाडि
      भाद्र ८,२०७५

      काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक शुकबार केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । 

      बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी  गराएका छन् । गत वैशाख १६ गते सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । 

      उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचनाअनुसार पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो । 

      सोही निर्णयअनुसार बिहीबार काङ्ग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । केन्द्रीय समिति बैठकअघि आजै विधान संशोधन मस्यौदा समितिले पहिलो बैठक बसी विधान मस्यौदा तय गर्न लाग्ने समय र प्रक्रियाका बारेमा छलफल गरेको थियो । 

      काङ्ग्रेसको विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक वर्षमा एक पटक हुने भनी उल्लेख छ । तर १३ औँ महाधिवेशनबाट निर्वाचित  वर्तमान केन्द्रीय समिति आएको दुई वर्षभन्दा बढी समय वितिसक्दा एक पटक पनि महासमिति बैठक हुन सकेको छैन् । काङ्ग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । 

      शुक्रबारको बैठकले महासमिति बैठकको तयारीका लागि महाधिवेशन तयारी, राजनीतिक प्रस्ताव तयारी, पार्टीको दृष्टिकोण तय गर्नेसम्बन्धी, आर्थिक प्रतिवेदन तयारीलगायत समिति गठन गर्ने प्रवक्ता शर्माले बताएका छन् । 

      बैठकले सम्भवतः पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समितिसमेत गठन गर्ने बताइएको छ । यसअघि गठन गरिएको कार्यसम्पादन समितिका सम्बन्धमा विवाद देखिएपछि केन्द्रीय समिति बैठकले विघट्न गरेको थियो । पार्टी विधानको दफा २९ बमोजिम कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d