जेष्ठ ३१,२०८३ / ०५ : ३९ पूर्वान्ह / 2026-06-14 05:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली काँग्रेस चरम गुटबन्दीमा, युवा नेता गगन थापाले पनि आफनै गुट बनाउन लागेको चर्चा

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमाण्डौ,नेपालको लोकतान्त्रिक आन्दोलनको  अग्रणी दल नेपाली काँग्रेस चरम गुटबन्दीमा फसेको छ । काँगेसको केन्द्रदेखि तल्लो स्तरसम्म गुटवन्दीको प्रभाव कायम छ । 

      कतिपय अवस्थामा कांग्रेसका गुट बन्दै भत्कदै समेत गरेका छन । पछिल्लो अवस्थामा पार्टिको महासमिति बैठक भदौमा गर्ने चैत्रमा बसेको केन्द्रीय समितिले निणर्य गरेपनि सभापति देउवाको वेवास्ताका कारण अन्योलमा परेको छ ।

      नेपाली काँगे्रसका केन्द्रदेखि गाउँ स्तरका नेता कार्यकर्तामा कुनै न कुनै गुटका नेताको आर्शिवाद विना अगाडी बढन नसक्ने अवस्था छ । कुनै कुनै जिल्लामा यस्तो अवस्था छ की पार्टिका नेता कार्यकर्ताको पानी वारावारको सन्बन्ध छ । चरम गुटबन्दी कै कारण संघीय संसदको निर्वाचनमा कांग्रेस पहिलो राजनीतिक दलबाट दोश्रो राजनीतिक दलमा रुपान्तरण भयो । 

      गुटबन्दी कै कारण महाधिवेशन भएको २ महिना भित्र गठन गरिसक्नु पर्ने विभागहरु अझै गठन भएको छैन । प्रदेश अधिवेशन नहुदा पार्टी संगठन पुरानै संरचनामा चलिरहेको छ । सभापति देउवाले संसदीय निर्वाचनमा भोगेको पराजयको नैतिक जिम्मेवारी समेत लिन नमाने पछि निर्वाचनको समिक्षा गर्न बसेको केन्द्रीय समिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर महासमिति बैठक भदौभित्रमा नहुने लगभग पक्का भएको छ ।

       काँग्रेसमा सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्रीद्धय कृष्णप्रसाद सिटौला र कुलवहादुर गुरुङ लगायतका नेताहरुले गुटगत राजनीति गरेका छन् । विभिन्न सक्रिय गुट कै कारण काँग्रेस कमजोर बनेको छ । गुटगत राजनीतिको अन्त्य गर्नुपर्नेमा नेताहरुले जोड दिदै आएको नेपाली कांग्रेसका नेता रामहरी खतिवडाको भनाई छ । 

      कांग्रेसमा कहिले कोइराला, कहिले देउवा हुदै पछिल्लो समय पाँैडेल गुटमा सक्रिय नेता अजुर्ननसिंह केसीले पनि अहिले कांग्रेसमा ठुलै उपगुट चलाएका छन् । यसैगरी पुर्वमहामन्त्री सिटौला गुटमा रहेर राजनीति गरिरहेका युवा नेता गगन थापाले पनि आफनै गुट बनाउन लागेको चर्चा छ । काँगे्रसका प्रभावशाली नेता खुमवहादुर खडकाको निधनपछि उनले चलाएको गुटका सदस्यहरुलाई आआफनो गुटमा तान्न सभापति देउवा र बरिष्ठ नेता पौडेल पक्ष रामै तरिकाले लागी रहेको देखिन्छ । तर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भने पार्टीभित्रको गुटगत राजनीतिलाई फरक विचारको रुपमा व्याख्या गर्छन् । 

      पार्टीमा बढदो गुटवन्दी कै कारण कग्रेसले संघिय संसदमा प्रभावकारी भुमिका खेल्न सकेको छैन । सरकारलाई सहि बाटोमा हिडाउँन र आन्तरिक रुपमा पनि संगठन मजबुत बनाउन पार्टी विधि र विधानअनुसार अगाडि बढ्नुपर्ने देखिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d