काठमान्डौ, नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी बन्न थालेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधीसभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री ओलीलाई संघीयताको काम छैन भन्दै हिँड्ने अधिकार नभएको पनि बताए । उनले प्रधानमन्त्रीको काम प्रदेशसभाको बैठकमा गएर भाषण दिने र मिडियामा अन्तर्वाता दिएर रोइलो गर्ने मात्रै नरहेको धारणा पनि राखे । जनताका समस्या जहाँ को त्यहीँ रहेको भन्दै उनले प्रधानमन्त्रीले मिडियामा अन्तर्वाता दिदैँ रोइलो गरेर मात्रै नहुने तर्क थापाले गरेका छन् । सरकारको कमजोरीका कारण अहिले स्थानीय तहमा करको आतंक मच्चिएको उनको भनाई छ
बैठकमा थापाको भनाईको प्रतिवाद गर्दे नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीलाई संघीयता विरोधी देखाउन खोजेर प्रतिपक्षले अराजकता निम्ताउन खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी भन्न खोज्नु आपत्तीजनक भएको भन्दै उनले अहिले जथाभावी बोलेर केही नहुने स्पष्ट पारे । उनले माइतीघरमा पेटिकोट लगाएर प्रदर्शन गर्न खोजेको भन्दै माइतीघर क्षेत्र कसैले नांगै आएर उभिने ठाउँ नभएको बताए ।








