काठमान्डौ, नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी दल नेपाली काँग्रेस चरम गुटबन्दीमा फसेको छ । काँगेसको केन्द्रदेखि तल्लो स्तरसम्म गुटवन्दीको प्रभाव कायम छ । गुट बन्दीले गर्दा कग्रेसले जनताको समस्याको समाधान गर्न नीतिगत काम गर्ने थलो संघीय संसदमा ससतm प्रतिपक्षको भुमिका निभाउन सकेको छैन । संसदीय अभ्यासमा खारीएको कग्रेसले आफनो भुमीकामा खरो उत्रन नसकेको पार्टि भित्र र बाहिरवाट आलोचना हुन थालेको छ ।
संसदीय ब्यावस्थामा संसदका काम कार्वाही सन्तुलनमा राख्न संसदमा प्रतिपक्षको भुमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । २ सय ७० सदस्यीय संघीय संसदमा प्रतिपक्षी दल नेपाली काँग्रेसका ६३ सदस्य छन । सरकारको काम कारवाहीमा प्रश्न उठाउन मुद्धा सृजना गर्न तथा संसद भित्र गुणस्तरिय भुमिका खेल्न यो संख्या कम होइन । सरकारका गलत कामलाई जनतामा लान समेत कग्रेस चुकेको छ ।
कग्रेसका अहिल्य सम्मका गतिविधि हेर्दा ससतm र जिम्मेवार प्रतिपक्षको भुमिका निवार्ह गर्न सक्दैन की भनेर आसंका उब्जीरहेको छ । चुनावअघि कग्रेसले कम्युष्टिले जिते अधिनायकवाद आउछ भन्ने नारा लगाएको थियो अहिले पनि कग्रेस त्यसकै वरिपरि भन्दा माथि जानसकेको छैन । कग्रेसलाइ नजिकबाट नियालीरहेका राजनीति शास्त्रका अवकासप्राप्त प्राध्यापक डाक्टर लोकराज बरालको शब्दमा अन्तराष्ट्रिय परिबेशका कारण पनि नेपालमा अधिनायकवाद सम्भव छैन ।
डां बरालको शब्दमा सरकारको नीतिमा हिट गर्न सक्ने र बैकल्पिक नीति दिनसक्ने गरि संसदमा प्रस्तुत हुन प्रतिपक्षको गृहकार्य चाहिन्छ तर कग्रेसले त्यस्तो गृहकार्य गरेको नै देखिएको छैन । संविधानमा ब्यावस्था भएअनुसार संघीय संसदमा एउटै दलको सभामुख र उपसभामुख हुन नहुने ब्यावस्था भए पनि अहिल्य एउटै दलको सभामुख र उपसभामुख हुदा पनि यस विषयलाई जोडदार रुपमा उठाउन नसक्नु कग्रेसको अर्को कमजोरी हो ।
सरकारले शार्वजनिक गरेको अहिल्य सम्मको कार्य प्रगती अपवाद छा्डेर पुरा नै सरकारको निरन्तरता भनीरहेको कग्रेसले एकपछि अर्को गदै सरकारको हरेक कदमको विरोध गरिरहेको छ । तर यो अवधिमा प्रमुख प्रतिपक्षी दल कग्रेसले चाहि देश र जनाप्रतिको जिम्मेवारी कति निर्वाह गरो । कस्तो रचनान्मक भुमिका संसदमा खेलो तथा सरकारको पोलेसीको विरुद्ध बैकल्पिक पोलेसी दिन सको की सकेन त ।
कग्रेसले प्रतिपक्षको भुमिका खेल्न नसकेको नेता चन्द्र भण्डारीले स्वीकारे । उनले सरकार गठनको ६ महिना नपुग्दै प्रतिपक्ष कग्रेसले लगाउने सरकार विरोधी आरोप, आन्दोलन र खण्डन आलोच्य छदै छ तर दुइ तिहाइको बहुमत भएको सरकार पनि जनताका यावत समस्याका अगाडी समाधान गर्न नसकेर निरह जस्तो देखिएको छ ।
नेता भणडारी सरकारले पनि जनअपेक्षा अनुसार काम नगरेको र संसदीय निर्वाचन अगाडी वाडीएका सपना पुरा नगरेकोमा जनता आवm्रोस भएको वताउछन ।
संसदमा प्रतिपक्षको भुमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ तर यसको अभावमा सरकार र प्रतिपक्ष विचको सम्बन्ध औपचारिकतामा मात्र सीमीत छ । यो राम्रो पक्ष होइन । सरकारलाई सहि बाटोमा हिडाउन र उसका गल्ती कमजोरी औल्याउन पनि ससतm प्रतिपक्षको आवश्यकता पर्ने हुदा कग्रेसको संगठन निमार्णमा जोड दिनुको विकल्प छैन ।








