जेष्ठ ३१,२०८३ / ०५ : ४४ पूर्वान्ह / 2026-06-14 05:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारको कामबारे दलका नेताबीच यस्तो विवाद

      - ७ वर्ष अगाडि
      भाद्र ३,२०७५

      काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन् । 

      रिपोटर्स क्लब नेपालले आईतबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उनले ओली सरकारले सम्पूर्ण शक्ति मुलुक र जनताको विकास र समृद्धिको लागि लगाएको बताए । 

      नेता पाण्डेले वर्तमान सरकारले ६ महिनामा यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा हटाउने काम गरेको र अन्य क्षेत्रमा रहेका एकाधिकारलाई पनि हटाएर व्यवस्थित् गरेको दाबी गरे । त्यसैगरी तस्करीलाई नियन्त्रण गरेको, सार्वजनिक खर्चमा मितव्ययीता अपनाएको र राजदुत नियुक्तीको मापदण्ड बनाउने लगायत समृद्धि र विकासका योजना बनाएको भन्दै राम्रा कामहरु गरेको उनको तर्क थियो । 

      यता कांग्रेसका केन्द्रिय सदस्य नारायण खड्काले भने सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा ६ महिनाको अवधि त्यसै खेर गएको दाबी गरे । सरकारले जनतामा उत्साह भर्ने काम गर्न नसकेको उनको आरोप थियो । नेता खड्काले वर्तमान सरकारले करको दर बढाएर जनतामा ठूलो आर्थिक बोझ थोपरेको बताए । 

      त्यस्तै राष्ट्रिय जनता पार्टीका बरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले मधेशी, आदिवासी, जनजाति, सिमान्तकृत लगायत पिछडीएका समूदायको मुद्दालाइ समेट्दै सरकार अघि बढ्नुपर्ने सुझाब दिए । 

      केपी ओली नेतृत्वको सरकारको ६ महिने कार्यकाल आज पूरा भएको छ । सरकारका कामबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d