जेष्ठ ३१,२०८३ / ०५ : १० पूर्वान्ह / 2026-06-14 05:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश २ को सभालाई संबोधन गर्न प्रधानमन्त्री ओली र प्रचण्ड पहिलो पटक संगै धनुषा जादैै

      - ७ वर्ष अगाडि
      भाद्र २,२०७५

      काठमाण्डौ, मधेसमा ‘अलोकप्रिय’ भनिएका प्रधानमन्त्री केपी ओली आज मधेस झर्दै छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र नेकपाका अर्काे अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड संगै धनुषा जान लागेका हुन । 

      तत्कालीन नेकपा माओवादीको दशवर्षे जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय धनुषा जान लागेका हुन् । दुवैले पहिलो पटक यादवको स्मृतिसभालाई संयुक्त रुपमा सम्बोधन गर्न लागेका हुन् ।

       प्रधानमन्त्री ओलीले स्मृतिसभालाई सम्बोधन गर्नुअघि आज बिहान ११ बजे प्रदेश नं. २ को प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।  विगत ४ बर्षदेखि मधेसमा ओलीको शाख बलियो नरहेको बताउने गरिएको छ । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही घण्टा जनकपुर पुगेबाहेक मधेस केन्द्रित दलको पक्कड रहेको क्षेत्र प्रदेश नम्बर २ मा प्रधानमन्त्री भए यता पाइला टेकेका छैनन् । विगत ४ बर्षदेखि मधेसमा ओलीको शाख बलियो नरहेको बताईन्छ ।

       गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही घण्टा जनकपुर पुगेबाहेक मधेस केन्द्रित दलको पक्कड रहेको क्षेत्र प्रदेश नम्बर २ मा प्रधानमन्त्री भए यता पाइला टेकेका छैनन् । प्रदेशसभामा सम्बोधन हुने भएपछि प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल समेत जानेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायत संघीय सांसद एवं अतिथिहरु प्रदेशसभामा जानेछन् ।

       प्रदेशसभामा सम्बोधन पश्चात ओली र प्रचण्डलगायत संघीय मन्त्रीहरु धनुषाको बरमझियामा आयोजना हुने सहिद रामबृक्ष यादवको स्मृतिसभामा सहभागी हुनेछन् ।   माओवादी नेता यादवलाई २०५१ भदौ २ मा उनको गाउँ बरमझिया नजिकै हत्या गरिएको थियो ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d