काठमाण्डौ, शिर्ष दलले संघीय संसद्का विषयगत समितिका सभापतिको निर्वाचन केही दिन पर सारेर सहमतिको प्रयास सुरु गरेका छन् ।
कांग्रेसको आग्रह र सत्तापक्षले आन्तरिक तयारी गर्नुपर्ने भन्दै सभापतिको निर्वाचन केहि दिन पर सारिएको हो । संसद् सचिवालयले भदौ ३ गते राष्ट्रियसभा र भदौ ५ गते प्रतिनिधिसभाका विषयगत समितिका सभापतिको निर्वाचन तोकेको थियो । तर बिशेष कारण भन्दै भाद्र १३ गते राष्ट्रिय सभा र भाद्र १७ गते प्रतिनिधीसभाका समितिको सभापतिको निर्वाचन तोकिएको छ । सत्तारुढ दल नेकपाले प्रतिनिधिसभा, राष्ट्रियसभा र संयुक्त सदनका १६ मध्ये एक मात्र लेखा समितिको सभापति विपक्षी कांग्रेसलाई दिने बताएपछि कांग्रेसले औपचारिक छलफलको प्रस्ताव गरेको हो । कांग्रेसले राष्ट्रियसभामा एक र प्रतिनिधिसभामा तीनवटा समिति सभापति माग गर्दै आएको छ । काग्रेस नेता दिलेन्द्र प्रसाद बडुले दलहरुबिच निर्णायक ढंगको छलफल नभएपनि सहमतिका साथ यस बिषयलाई निक्र्यौल गर्न आग्रह गरिएको बताए ।
त्यस्तै नेकपा नेता खगराज अधिकारीले प्रतिपक्षीलाई पनि उपयुक्त भूमिका दिएर सहमतिको प्रयास गरिने बताए ।
प्रतिनिधिसभातर्फ १० मध्ये एकतिहाइ अर्थात् तीनवटा समितिको सभापति महिलालाई दिनुुपर्ने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था छ । प्रतिनिधिसभामा १० वटा र राष्ट्रियसभामा ४ वटा समिति रहेका छन् । दुईवटा समिति भने दुवै सदनको संयुक्त रुपमा दुई सदन रहेका छन् ।








