जेष्ठ ३१,२०८३ / ०५ : ०५ पूर्वान्ह / 2026-06-14 05:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      एकैपटक ओखलढुंगाका ६६ कांग्रेस नेता नेकपा प्रवेश

      - ७ वर्ष अगाडि
      भाद्र १,२०७५

      काठमाडौ, कांग्रेस ओखलढुंगाका प्रभावशाली ६६ जना नेता–कार्यकर्ता एकैपटक नेकपामा प्रवेश गरेका छन् । वर्तमान नेतृत्व बिपीको सिद्धान्त छाडेर स्वार्थमा लाग्दा कांग्रेस अस्तित्वविहीन भएको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।

      नेकपामा प्रवेश गर्नेमा कांग्रेस ओखलढुंगाका पूर्वसचिव तथा पूर्वजिविस सदस्य रामबहादुर खत्री, वर्तमान जिल्ला कमिटी सदस्य सुरेश सुनुवार, खिजीकाती गाउँ कमिटी सभापति तथा पूर्वगाविस अध्यक्षहरू रेवतकुमार सुनुवार र लालप्रसाद नेपाल छन् ।

      यस्तै, गाउँ पार्टी सभापति गजेन्द्रबहादुर बस्नेत, पूर्वगाउँ सभापति चकेन्द्र दास सुनुवार, उपाध्यक्षहरू होमबहादुर सुनुवार, अमरबहादुर खत्री, सचिवहरू केशरकुमार सुनुवार, चूडाप्रसाद पौडेल, कोषाध्यक्ष मञ्जुकुमारी विक, कांग्रेस श्रमिक संघ जिल्ला अध्यक्ष ताराधन सुनुवारलगायत छन् ।

      नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरे । नेकपा ओखलढुंगाका नेता कमल न्यौपानेका अनुसार कांग्रेस त्यागेर नेकपामा प्रवेश गर्नेमा खिजीदेम्बा गाउँपालिकाका बढी छन् ।

      पार्टीको नेतृत्व गरिरहेका र स्थानीय निर्वाचनमा उमेदवार भएका खिजीदेम्बाका प्रभावशाली नेताहरू नेकपामा प्रवेश गरेका हुन् । जनताको चाहनाअनुसार कांग्रेसले काम गर्न नसकेकाले पार्टी परित्याग गरेको नेता रामबहादुर खत्रीले बताए ।

      ‘कांग्रेस कांग्रेस जस्तो रहेन, लामो समय रगत पसिना बगाइयो त्यसको कुनै अर्थ भएन, त्यसैले विकल्प खोजियो,’ उनले भने, ‘केन्द्र र प्रदेशमा कांग्रेसको साइज सानो भए पनि हाम्रो गाउँपालिकामा कांग्रेस बलियो छ । तर, कांग्रेसबाट जितेका जनप्रतिनिधिले जनताको कामभन्दा आफू मोटाउने काम गरेकाले अन्ततः पार्टी नै छाडियो ।’नयाँपत्रिकाबाट

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d