जेष्ठ ३१,२०८३ / ०५ : १४ पूर्वान्ह / 2026-06-14 05:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारमा ओली र पार्टीमा प्रचण्डको भूमिका बढ्दै गएको छ : गजुरेल

      - ७ वर्ष अगाडि
      श्रावण ३१,२०७५

      काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीभित्र भागबण्डाको राजनीति नभएको दाबी गरेका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गजुरेलले पार्टीको तल्लो तहसम्म एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै गजुरेलले पार्टीभित्र कुनै समस्या नरहेको बताए । शीर्ष नेताहरुबीच भागबण्डाको विषयमा कुनै विवाद नै नउठेको उनले बताए । “भागबण्डा शब्दको त प्रयोग नै नगरौँ । हिजोका तिता गुठबन्दीलाई अहिले निरन्तरता दिने होइन, समिक्षा गर्ने हो ।”

      तर पूर्व पार्टीहरुको हैसियतका आधारमा भातृ संगठनको एकता गरिने उनले बताए । सहमतिका आधारमा तल्लो तहसम्म एकता गरिने भन्दै उनले वैज्ञानिक तरिकाले एकता गर्नुको विकल्प नरहेको बताए । प्रदेशमा एकताको प्रक्रिया अगाडि बढिरहेको उनले बताए । दुई जना अध्यक्षको सहकार्यले नै पार्टीभित्रको सबै काम सम्पन्न गरिने गजुरेलको भनाई छ । 

      व्यवहारिक रुपमा सरकारको काममा प्रधानमन्त्री केपी ओली र पार्टीको काममा अध्यक्ष पुष्पकमल दाहालको भूमिका बढि हुने उनले बताए । “प्रधानमन्त्री ओलीको व्यस्तताका कारण पार्टीको काम कारबाहीमा समय दिन पाउनुहुन्न । त्यसकारण प्रचण्डले नै पार्टीमा प्रभावकारी भूमिका बनाउनुहुन्छ ।

      तर एक व्यक्ति एक पद चाँही तत्काल हुँदैन ।” गजुरेलले भने ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d