जेष्ठ ३१,२०८३ / ०४ : ५३ पूर्वान्ह / 2026-06-14 04:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालप्रति भारतको एट्टिच्यूड परिवर्तन भएको छ : उपाध्याय

      - ७ वर्ष अगाडि
      श्रावण ३०,२०७५

      काठमाण्डौ,भारतका लागि नेपालका पूर्व राजदूत दिपकुमार उपाध्यायले पछिल्लो समय नेपाल भारत सम्बन्ध सकारात्मक हुनुको विकल्प नभएको बताएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले पछिल्लो समय भारतले नेपाललाई गर्ने व्यवहार पनि सकारात्मक बन्दै गएको बताए । भारतको एट्टिच्यूड परिवर्तन हुँदै गएको अवस्थामा नेपालले कसरी उपयोग गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए । 

      परराष्ट्र नीतिमा कला, कौशल र चातुर्यता हुनुपर्ने भन्दै उनले नेपाल सरकारको भूमिकाले दुई देशबीचको सम्बन्ध निर्भर हुने बताए । “राष्ट्रिय स्वतन्त्र दृश्टीकोणलाई परिपक्व बनाउनुपर्छ । यतिबेला कसैलाई पनि दोष लगाउनुपर्ने हुन्छ ।” उपाध्यायले भने ।

      दुई देशबीचको सम्बन्ध निरन्तरताका आधारमा हुने भन्दै उनले अनावश्यक कोणबाट चर्चा गने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । केपी ओली प्रधानमन्त्री भएपछि प्रशासनिक तहमा रहेको सम्बन्धलाई राजनीतिक तहमा ल्याउन सफल भएको उपाध्यायको तर्क छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d