जेष्ठ ३१,२०८३ / ०४ : ५० पूर्वान्ह / 2026-06-14 04:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      ५ महिनामा सरकारले के गर्यो ? यस्तो आयो प्रतिवेदन

      - ७ वर्ष अगाडि
      श्रावण २८,२०७५

      काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको पाँच महिना पुगेको छ । पाँच महिनामा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । तर प्रधानमन्त्री कार्यालयले सरकारले ५ महिनाको अवधि सफल बनाएको दाबी गर्दै ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सरकारले अहिलेसम्म केके काम गर्यो त ? 

      सरकारले सार्वजनिक गरेको वर्तमान सरकारको पाँच महिना शीर्षकको प्रतिवेदनको पहिलो बुँदामा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भनेर राखिएको छ । सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कामको सूचिमा यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गरि देशभर एकैसाथ रुट परमिट खुला गरिएको उल्लेख छ । दोस्रो बुँदामा सुन तस्करमाथि कारबाही गरिएको उल्लेख गरेको छ । 

      सुन तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालिएको दाबी गर्दै संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको छ उल्लेख गरिएको छ । त्यसैगरी सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा हुने गरेको ढिलासुस्ती अन्त्य गरिएको दाबी गर्दै प्रतिवेदनमा ठेकेदार वा कर्मचारीको मिलिमतोमा भएको ढिलासुस्ती माथिको कार्वाहीलाई निरन्तरता दिंदै अनुगमनलाई अझ व्यापक बनाइएको उल्लेख गरिएको छ । औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ । विदेश भ्रमणलाई उपयोगी, नतिजामुखी, मितव्ययी र पारदर्शी बनाउन वैदेशिक भ्रमण ब्यवस्थापन निर्देशिका स्वीकृत गरि लागू गरिएको सरकारले जनाएको छ । 

      डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषयलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ । नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्र्किब्रज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ । 

      सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि जनाइएको छ । भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि

       सरकारले आफ्नो उपलब्धीमा राखेको छ । हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन भएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउन सचिवालय स्थापना गरी काम अघि बढाइएको जानकारी दिइएको छ । 

      नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध विस्तार गरिएको छ । यस अवधिमा प्रधानमन्त्री केपी ओलीले छिमेकी देश भारत र चीनको भ्रमण गरेको र उक्त भ्रमण उपलब्धिमूलक भएको दाबी गरिएको छ ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d