जेष्ठ ३१,२०८३ / ०४ : ५३ पूर्वान्ह / 2026-06-14 04:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली कांग्रेसले अधिनायकवादको हल्ला फिँजायो : परराष्ट्र मन्त्री

      - ७ वर्ष अगाडि
      श्रावण २७,२०७५

      काठमाण्डौ, पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका बिरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाउँने कार्य गरिरहेको आरेप लगाएका छन् । 

      रफत संचार क्लबले आईतबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गरे । अनावश्यक हल्लाले सरकारलाई असर नपर्ने ज्ञवालीको टिप्पणी थियो । उनले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको भनाई राखे । 

      सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले सुझाबको रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले अब सरकारले आफ्नो काम प्रभावकारी रुपमा अगाडि बढ्ने बताए । सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै उनले भारतसंग विश्वासको आधार निर्माण गरिसकेको, चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको उनको भनाई थियो ।  उनले आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउँने, र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरमा देशलाई ल्याउन दाताहरुको सहयोग समेत जुटाउँने कामका लागि लागिपरेको बताए ।

      परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउँन र वैदेशिक लगानी अभिबृद्ध गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्रयाउन आफ्नो पहल भईरहेको बताएका छन् । पछिल्लो समय परिपक्क, अनुकुल र राम्रो बाह्य सम्बन्ध विस्तार गरेको ज्ञवालीको दावी थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d