जेष्ठ ३१,२०८३ / ०४ : ५९ पूर्वान्ह / 2026-06-14 04:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली काग्रेसले भरत शम्शेर राणाको शोकमा तीन दिन पार्टीको झण्डा झुकाउने

      - ७ वर्ष अगाडि
      श्रावण २७,२०७५

      काठमाण्डौ,  नेपाली कांग्रेसले पूर्वसांसद तथा पूर्वकेन्द्रीय सदस्य भरत शम्शेर राणाको शोकमा तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । 

      पार्टी कार्यालय सानेपामा आईतबार बसेको काग्रेसको आकस्मीक केन्द्रिय कार्यसमिति बैठकले राणाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै साउन २७, २८ र २९ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

      त्यस्तै बैठकले श्रावण २८ गते सोमबारका दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ भने १३ औँ दिन (भदौ ६) मा शोक सभाको आयोजना केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए । 

      राणाको श्रावण २५ गते कोलकातामा निधन भएको थियो । वीपी कोइराला प्रधानमन्त्री रहनु भएको नेपालको प्रथम संसदमा गोर्खा परिषद्को नेताको हैसियतले उनी प्रमुख प्रतिपक्षी दलको नेता थिए । राणा राजनीति सँगसँगै साँस्कृतिक र व्यवसायिक जीवनमा चलचित्र निर्माता र निर्देशकका रुपमा पनि चिनिन्थे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d