जेष्ठ ३१,२०८३ / ०४ : ५८ पूर्वान्ह / 2026-06-14 04:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      महेन्द्र राययादवको कटाक्ष–नैतिकता नभएका चित्रबहादुरले भनेजस्तो संघीयता असफलहुँदैन

      - ७ वर्ष अगाडि
      श्रावण २७,२०७५

      काठमाण्डौ,राष्ट्रिय जनतापार्टीका नेता महेन्द्र राययादवले संघीयता सफलहुने दाबी गरेका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषिधमलासँग कुरा गर्दै यादवले कुनै पनि देशमा संघीयता लागु हुँदातत्कालै नतिजा आउननसक्ने भन्दै विस्तारै सफलहुने बताएकाहुन् । 

      अहिलेको सरकारले बनाउनुपर्ने सबै कानुनतत्कालबनाएर अगाडि बढ्नुपर्ने बताए । प्रदेशलाई स्वायत्तबनाउनुपर्ने सवालमा सरकारको गतिविधीकमजोर देखिएको यादवले बताए । 

      राष्ट्रिय जनमोर्चाकाअध्यक्षचित्रबहादुर केसीले भनेजस्तो संघीयताले देश टुक्र्याउने कुरा अफवाहमात्रै भएको यादवले बताए । “संघीयताले राष्ट्र बलियो हुन्छ । सबै नेपालीजनताअधिकार सम्पन्न हुन्छन् । विकासको गति बढ्छ ।” यादवले भने । 

      केसी संघीयता विरोधीभएको आरोप लगाउँदै यादवले भने,“संघीयता स्विकार नगर्ने अनि सरकारमागएर उपप्रधानमन्त्रीबन्ने ? यो कुन नैतिकताहो ? संघीयतामा चुनाव लड्ने ? यस्ता कुरा छोड्नुस् ।” 

      कसैलाई राजाचाहिएको र कसैलाई संघीयता नचाहिएको उदाहरण दिदै यादवले जनताले चाहेको संघीयता सफलहुने बताए । आफूहरु संघीयताको पक्षधर भएको भन्दै उनले संविधानमाभएका केहीबुँदाहरु संशोधनगर्नुपर्नेमाजोड दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d