काठमाण्डौ ।संघीय मामलातथा स्थानीय प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीतन्त्रले सरकारलाई सहयोग गर्नुको विकल्प नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपालीबहसमाऋषिधमलासँग कुरा गर्दै पण्डितले अहिले नयाँ परिवेशमाजानु परेकाले केही अप्ठ्यारो परे पनिआफू सरकार र कर्मचारीबीचको समन्वय गराउनमा केन्द्रितभएको बताए ।
आफूले खटाएको ठाउँमा शतप्रतिशतकर्मचारी पुगेको मन्त्री पण्डितको दाबी छ । प्रदेश अन्तरगत रहने द्धितिय श्रेणीमा रहने सम्पूर्ण कर्मचारीको व्यवस्थापनगर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिने निर्णय गरिएको मण्डितले जानकारी दिए ।
निजामति सेवा ऐन पनिपारित हुने प्रक्रियामा रहेको उनले बताए । करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई उनले शंशकितनहुनआग्रह गरे । कार्यालयको आवश्यकता रहेसम्म कसैलाई पनि नहटाइने पण्डितले बताए । तर परराष्ट्र मन्त्रालयअन्तरगतकाकर्मचारी हटाइएको बारे भने आफूलाई जानकारी नभएको उनले बताए ।
परराष्ट्र मन्त्रालयले आफ्नो आवश्यकताअनुसार कर्मचार समायोजन गर्दा आफूले हस्तक्षेप गर्न नमिल्ने पण्डितको भनाई छ ।








