जेष्ठ ३१,२०८३ / ०४ : ०० पूर्वान्ह / 2026-06-14 04:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारमाथि शंका नगर्नुस : प्रधानमन्त्री ओली

      - ७ वर्ष अगाडि
      श्रावण २५,२०७५

      काठमाण्डौ,  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकासका लागि सरकारले चालेको कदममाथि शंका नगर्न आग्रह गरेका छन् ।

      शुक्रबार सिंहदरबारमा प्रदेश ५ का सांसदहरुसंग छलफल गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धि र बिकासको बाटोमा अघि बढेको बताए । उनले सरकारको कार्यक्रमलाई सफल कायान्वयनका लागि गम्भीर भएर लाग्न पनि निर्देशन दिए । छलफलमा प्रदेश ५ का सांसदहरुले बिकासको काममा रहेका व्यवस्थापनीय कमजोरीलाई ध्यानमा राख्दै काम गर्न आग्रह गरेका थिए । 

      त्यस्तै उनीहरुले जनताको जनजिवनमा जोडीएका बिषयलाई सम्बोधन गर्न सुझाव पनि दिएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सरकारले गति लिने कुरामा आश्वस्त पार्दै बिषम परिस्थीतीका बाबजुत जनताको आकांक्षा अनुरुप काम हुन नसकेको बताएको छलफलमा सहभागी नेकपा नेता सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

      त्यस्तै दाङ क्षेत्र नंवर १ का प्रदेशसभा सांसद मेटमणि चौधरीले अहिलेको अबस्थामा सरकारको कामबाट खुसी र उत्साहित नभएको भन्दै आफ्नो प्रदेशमा सुकुम्वासी, दलित भूमिहिनको समस्यालाई सम्बोधन गर्न सुझाव दिएको बताए ।

      छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय विकास निर्माण, समस्याका बारेमा पनि चासो व्यक्त गरेका थिए । हरेक शुक्रबार विभिन्न प्रदेशका सांसदहरुसंग छलफल गर्ने कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार प्रदेश ५ का सांसदहरुसंग छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीले यसअघि प्रदेश २, ३ र गण्डकी प्रदेशबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिसकेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d