जेष्ठ ३१,२०८३ / ०४ : ०९ पूर्वान्ह / 2026-06-14 04:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैन : गृहमन्त्री

      - ७ वर्ष अगाडि
      श्रावण २५,२०७५

      काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिएका छन् । 

      कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले समाजमा महिला, दलित, सीमान्तकृत वर्ग लगायत समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए । 

      राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखण्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पु¥याउन सक्नेछन् भन्दै गृहमन्त्रीले प्रहरीले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा त्यस्तालाई कारवाही गर्न कुनै कसर बाँकी राख्न नहुने बताए । 

      आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखी कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी लाग्नुपर्ने गृहमन्त्रीले बताए । सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार पार्न प्रहरी कर्मचारी सामूहिक र समर्पित रुपमा कानूनसम्मत तरिकाले लाग्नुपर्ने थापाले स्पष्ट पारे । 

      ‘तालीममा पसिना बगाउनेहरुले कार्यक्षेत्रमा रगत बनाउँछ’ भन्ने नेपाल प्रहरीको आदर्शलाई सिद्ध गर्दै तालीममा प्राप्त गरेका ज्ञान र दक्षताबाट नागरिकको सेवामा लाग्न उहाँले दीक्षित प्रहरीलाई निर्देशन दिनुभयो । “प्रहरी सधैँ नागरिकमैत्री हुनुपर्छ, ऊ प्रत्येक नागरिकको सहज पहुँचमा हुनुपर्छ”, उनले भने ।

      कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताको सुरक्षामा प्रतिबद्ध भएर लाग्न निर्देशन दिँदै भन्नुभयो, “आफ्नो व्यावसायिक भविष्य संगठनभित्रै खोज्नुहोस् बाहिर नखोज्नुहोस् ।” तालीममा सहभागी ४४१ मध्ये ४३२ जना आज दीक्षित भएका छन् । अन्य नौमध्ये चार कारवाहीमा परेको, एकको मृत्यु भएको र चार स्वास्थ्यका कारण दीक्षान्त समारोहमा सहभागी हुन नसकेको बताइएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d