जेष्ठ ३१,२०८३ / ०४ : ०१ पूर्वान्ह / 2026-06-14 04:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      विद्यासुन्दर शाक्यले चुनावअघि के बोले, अहिले के गरे ?

      - ७ वर्ष अगाडि
      श्रावण २५,२०७५

      काठमाण्डौ, चुनावका बेला भोट माग्नका लागि गरिने भाषण र चुनाव जितेपछिको कामबीच कति अन्तर हुन्छ भन्ने कुरा नेपाली जनतालाई थाहा नभएको होइन । तर जनताले पटक पटक झुटो आश्वासन बाँड्ने व्यक्तिलाई चुनाव जिताएर सुखको जिन्दगी दिएका छन् ।

       जनताले दिएको सुखको जिन्दगी पाएका एक पात्र हुन्, विद्यासुन्दर शाक्य ।काठमाण्डौ महानगरपालिकाको मेयरमा अत्याधिक मत प्राप्त गरेर विजयी भएका शाक्यप्रति जनताको धेरै अपेक्षा थियो । चुनावका बेला उम्मेदवार बन्दा मेयर शाक्यले भनेका थिए, सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले मेयरको उम्मेदवार बनेको हुँ । उनको यो भनाई वास्तवमै सुन्नलायक थियो त्यसबेला, तर अहिले उनको व्यवहार र काम गराईप्रति सर्वसाधारण सन्तुष्ट हुन सकेका छैनन् । 

      भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

      पछिल्लो समय उनै शाक्यले नेतृत्व गरिरहेको काठमाण्डौ महानगरपालिका फोहोरको पर्यायबाची बनेको छ । जताततै फोहर छ । सडक छेउ र चोक चोकमा दुर्गन्धित फोहोर थुप्रिएको  छ । फोहर व्यवस्थापन कार्यमा महानगर पूर्ण असफल भएको छ भन्दा सायद सबैलाई स्विकार्य हुन्छ होला । महानगरमा यस्तो दुर्गति हुँदा मेयर शाक्य भने विदेश भ्रमणमा छन् । आफ्नो कार्यकालमा भनिने महानगर होइन, देखिने महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका शाक्यले चुनाव जितेको एक वर्षको अवधिमा के काम गरे भनेर खोज्ने हो भेटाउनसमेत मुस्किल छ । 

      चुनावका बेला शाक्यले आफूले गर्ने काम र योजना सार्वजनिक गर्दा काठमाडौंको धुँवाधुलो र प्रदुषणबाट पीडित भएका महानगरबासीलाई क्लीन द सिटी’ अभियानको थालनी गरेर काठमाडौँलाई धूलो र धुँवामुक्त सुन्दर र व्यवस्थित हरियाली शहर निर्माण गर्ने आश्वासन दिएका थिए । शाक्यको कार्यकाल अझै चार वर्ष बाँकी छ । उनका योजना कार्यान्वयन गर्ने समय गुज्रिसकेको छैन । तर एक वर्षको अवधिमा जे जति काम गर्न सकिन्थ्यो, त्यो पनि गर्न नसकेको आरोप लागेको छ । 

      पछिल्लो समय फोहोर व्यवस्थापनमा महानगरको भूमिका शुन्य देखिएको छ । काठमाण्डौमा हिँड्ने पैदलयात्री नाक थुनेर हिँड्न बाध्य भएका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ । डम्पिङ साइड सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको छ । यति मात्रै होइन, सिसडोलमा फोहोर राख्ने ठाउँसमेत छैन । दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन । कुनै उपाय नभएपछि काठमाण्डौ महानगरपालिकाले घरमै फोहोर व्यवस्थापन गर्न राजधानीवासीलाई अपिल गरेको छ । फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन पनि भरिएपछि सडकमै फोहोर थुप्रिएको छ ।

       काठमाण्डौ महानगरपालिकाको समन्वयमा सिसडोल ल्याण्डफिल साइटको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गरी राय सुझाव पेश गर्न गठित कार्यदलले सिसडोलको विकल्प खोज्न सुझाएका दिएका थिए । तर त्यो पुरा हुन सकेको भने छैन । अहिले सिसडोलमा उपत्यकाका तीनसहित धादिङ, काभ्रे र नुवाकोटको फाल्ने गरिएको छ । त्यहाँ कामपाबाट मात्र २० र अन्य जिल्ला तथा निजी क्षेत्र समेतकाले गरी दैनिक १ सय ५० वटा सवारी साधनले फोहर फाल्ने गरिन्थ्यो ।

      त्यसो त फोहोर व्यवस्थापनको यो समस्या अहिलेको होइन । वर्षौ अगाडिदेखिको यो समस्या समाधान गर्न कसैले पनि सकेन । तर विगतमा भएका समस्या समाधान गर्दै जनताको चाहना पूरा गर्नु अहिलेको नेतृत्वको जिम्मेवारी हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d