जेष्ठ ३१,२०८३ / ०४ : ०५ पूर्वान्ह / 2026-06-14 04:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्रीसँग राजपा असन्तुष्ट, भेटेर कुरा गर्ने

      - ७ वर्ष अगाडि
      श्रावण २३,२०७५

      काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालले आफुहरुको मुद्धा सरकारले सम्बोधन नगरेको भन्दै प्रधानमन्त्रीसंग छलफल गर्ने भएको छ । 

      पार्टी कार्यालय बबरमहलमा बुधबार बसेको राजपा अध्यक्षमण्डल सहित शिर्ष नेताको बैठकले आफ्नो मुद्धाका बिषयमा बिहीबार पार्टीका अध्यक्षमण्डलले प्रधानमन्त्रीसंग छलफल गर्ने र आवश्यक निर्णय गर्ने निर्णय गरेको हो । 

      संबिधान संसोधन, आफ्ना नेतामाथि लागेका मुद्धा फिर्ता हुनुपर्ने लगाएका माग सम्बोधन नभएको भन्दै पछिल्लो समय राजपाले सदनमा चर्को आवाज उठाउदै आएको छ । 

      बैठकले संघिय तथा प्रादेशिक संसदमा सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउन ओरेन्टेशन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । त्यसैभरी महाधिवेशनका लागि तयारी अबस्थामा रहन जिल्ला समितिलाई सर्कुलर जारी गर्ने निर्णय पनि गरेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । 

      बैठकले जिल्लाको बैठक निरन्तर गराउने र निर्णय केन्द्रलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । राजपाले यसअघि नै आगामी वैशाख ७ देखि ९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d