काठमाडौं, नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” पक्राउ परेका छन् ।
दक्षिण्काली नगरपालीका –१ चाल्नाखेलबाट मंगलबार साँझ विश्वकर्मा पक्राउ परेका हुन् । उनीमाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने तयारी भएको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए ।
खड्कबहादुरलाई महानगरीय प्रशरी परिसर काठमाडौको हिरासतमा राखिएको छ ।








