जेष्ठ ३१,२०८३ / ०३ : २१ पूर्वान्ह / 2026-06-14 03:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपा सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्धबारे जानकारी

      - ७ वर्ष अगाडि
      श्रावण २३,२०७५

      काठमाण्डौ,नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे अवगत गराएका छन् । 

      प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माणलगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गरेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको प्रदेश, जिल्ला र जनसंगठनस्तरका एकताका लागि तयारीबारे छलफल भए पनि बैठक पुनः चाँडै बस्ने गरी सकिएको छ । 

      सचिवालयको दुई साताअघिको बैठकमा नेता श्रेष्ठले चिकित्सक डा गोविन्द केसीको अनशनका विषयमा नेतृत्वसँगको असन्तुष्टिका कारण प्रवक्ताबाट राजीनामा दिएको बाहिर आए पनि त्यसबारे कार्यसूची बनाएर छलफल नभएको बुझिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d