काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधान न्यायाधिसको नाम चाँडै टुङगो लाग्ने बताएका छन् । मंगलबार विरगञ्जस्थित सञ्चारर्कीहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले केही दिनमा नै नयाँ न्यायाधिसको नाम टुङ्गो लाग्ने बताएका हुन् ।
साथै अन्य रिक्त रहेका संवैधानीक पदहरुमा पनि पदपुर्ति र सवैधानीक आयोग गठनबारे पनि छलफल भईरहेका उनले बताए । उनले सोमबार प्रधानमन्त्री र आफ्नो भेटमा रिक्त रहेका संवैधानिक पद पुर्ति गर्ने तथा संविधानले व्यवस्था गरे अनुरुप अन्य संवैधानिक आयोगहरु निर्माण गर्ने विषयमा छलफल भएको बताए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएको प्रसंगमा भने उनले पार्टीभित्र कुनैपनि प्रकारका तिक्तता नरहेको तथापी श्रेष्ठ प्रवक्ताको जिम्मेवारीमा नै रहेको बताए ।








